११ कार्तिक २०७८, बिहीबार

सेञ्चुरी कमर्सियल बैंकले आन्तरिक रेमिटन्स सेवा प्रदान गर्ने

प्रकाशित मिति :  ३१ भाद्र २०७८, बिहीबार १६:३८


३१ भदौ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सेञ्चुरी पे बाट अनलाईन आन्तरिक रेमिटन्स सेवा पनि प्रदान गर्ने भएको छ ।

यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा) मोबाईल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसंगैं बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन् ।

आन्तरिक रेमिटन्स रकम पठाउँदा मोबाईल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिनेछ । यसका साथै मोबाईल बैकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेशण कार्य गर्न सकिनेछ ।

साथै यस सुविधा अन्र्तगत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्ट मार्फत रेमिटन्स रकम संकलन गर्न सक्नेछन् ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अन्य जानकारीका लागि बैकको वेबसाइट www.centurybank.com.np  तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा