११ कार्तिक २०७८, बिहीबार

करिब ३ प्रतिशतले घटेको बजारमा सर्वाधिक कारोबार गर्ने १० कम्पनी

प्रकाशित मिति :  ३१ भाद्र २०७८, बिहीबार १७:०९


३१ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार करिब ३ प्रतिशतले घटेको छ ।

आज नेप्से ७६.६५ अंकले घटेर २८१२.३८ बिन्दुमा पुगेको छ । बिहीबार नेप्से परिसूचक २.६५ प्रतिशतले घटेको हो । गिरावट आएको बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । आज हाइड्रोपावरले ३८ करोड ६० लाख ४३ हजार ५०८ रुपैयाँको कारोबार गरेको छ ।

त्यसैगरी, रिडी हाइड्रोपावर, अपि पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल बैंक लिमिटेड, आइसि एफसि फाइनान्स, नेशनल हाइड्रोपावर, अरुण काबेली पावर र ज्योती विकास बैंकको सर्वाधिक कारोबार भएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा