३० आश्विन २०७८, शनिबार

आठ फाइनान्स कम्पनीले सार्वननिक गरे नयाँ ब्याजदर, कुनले कति दिदैँछन निक्षेपको ब्याज ?

प्रकाशित मिति :  १ आश्विन २०७८, शुक्रबार १३:२५


३१ भदौ, काठमाडौं । आठ फाइनान्स कम्पनीहरूले असोज १ गतेबाट लागू नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फाइनान्स कम्पनीले आज असोज १ गतेदेखि हुने गरी कर्जा तथा निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

अधिकांश फाइनान्स कम्पनीले निक्षेपको ब्याजदर बढाएका छन् । केहीको भने यथावथ नै राखेका छन् ।

आईसीएफसी फाइनान्स

आईसीएफसी फाइनान्सले कम्पनीले साधारण निक्षेप अर्थात बचतको ब्याज न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म र मुद्दतीको ब्याज न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८.५ प्रतिशत कायम गरेको छ । त्यस्तै, आईसीएफसी फाइनान्सको आधार दर ८.७१ प्रतिशत रहेको छ । यसमा कर्जाको प्रकृति हेरेर आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने कम्पनीले जानकारी दिएको छ ।

बेष्ट फाइनान्स

बेष्ट फाइनान्सले साधारण बचतमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम् ६.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै फाइनान्सले मुद्दतीमा न्यूनतम ७.७५ प्रतिशतदेखि अधिकतम् ९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बचत तथा मुद्दतीको ब्याजदर सबैभन्दा धेरै दिने कम्पनी बेष्ट फाइनान्स रहेको छ । त्यस्तै, बेष्ट फाइनान्सको आधारदर १०.४६ प्रतिशत रहेको छ । कम्पनीले उक्त आधार दरमा ४ प्रतिशतसम्म मात्रै प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ ।

सेन्ट्रल फाइनान्स

सेन्ट्रल फाइनान्सले साधारण बचतमा न्यूनतम ५ देखि अधिकतम् ६ प्रतिशतसम्म र मुद्दतीमा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम् ८.७५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । त्यस्तै, यस्तै, सेन्ट्रल फाइनान्सको आधारदर ९.०१ प्रतिशत रहेको छ । यस कम्पनीले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्नेछ ।

गुडविल फाइनान्स

गुडविल फाइनान्सले मुद्दती निक्षेपमा न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम् ९ प्रतिशतसम्म ब्याज दिनेछ । त्यस्तै, गुडविल फाइनान्स कम्पनीको आधार दर ८.८१ प्रतिशत रहेको छ । कम्पनीले यसमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्ने जानकारी दिएको छ ।

मन्जुश्री फाइनान्स

मन्जुश्री फाइनान्सले बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ६.५ प्रतिशतसम्म र मुद्दतीमा न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ८.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । मन्जुश्री फाइनान्सको आधार दर असारमा ८.९७ प्रतिशत रहेको छ । आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम थप्ने जानकारी दिएको छ ।

गुहेश्वरी मर्चेट फाइनान्स

गुहेश्वरी मर्चेट फाइनान्सले बचत खातामा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म र मुद्दतीमा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम् ९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । गुहेश्वरी मर्चेट फाइनान्सको आधार दर ९.४९ प्रतिशत छ । यस कम्पनीले त्यसमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्नेछ ।

रिलायन्स फाइनान्स

रिलायन्स फाइनान्सले बचत खातामा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ६।५ प्रतिशतसम्म र मुद्दतीमा न्यूनतम ७.५० प्रतिशतदेखि अधिकतम ८.७५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । रिलायन्स फाइनान्सको आधारदर ९.२६ प्रतिशत छ । कम्पनीले यस आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्ने जनाएको छ ।

श्री इन्भेष्टमेन्ड फाइनान्स

श्री इन्भेष्टमेन्ड फाइनान्सले बचत खातामा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम् ६.५ प्रतिशतसम्म र मुद्दतीमा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम् ९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको आधार दर ८.१५ प्रतिशत रहेको छ । कम्पनीले यही आधार दरमा ५.९९ प्रतिशत प्रिमियम थपेर कर्जा लगानी गर्ने जनाएको छ

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा