पाँच लघुवित्तले गरे लाभांश घोषणा, कुनको कति ?
नेपालबहस संवाददाता
असोज १, २०७८ शुक्रबार २३:३०:५३
१ असोज, काठमाडौं । हालसम्म पाँच लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । पाँच लघुवित्त कम्पनीहरुले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।
गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गर्नेमा साधना लघुवित्त, स्वरोजगार लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय सस्था र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
यी पाँच कम्पनीमध्ये सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाले २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस शेयर, मिर्मिरे लघुवित्तले २० प्रतिशत बोनस शेयर, डिप्रोक्स लघुवित्तले २१ दशमलव ५३ प्रतिशत लाभांश र फर्स्ट माइक्रोफाइनान्सले १० दशमलव ५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यी पाँच वटै कम्पनीको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
चैत १४, २०८० बुधबार
आरम्भ चौतारी लघुवित्तको कहिले बस्दैछ साधारणसभा ?
चैत १४, २०८० बुधबार
सपोर्ट लघुवित्तले बोनस शेयर दिने, पुनः दोस्रोपटक साधारणसभा आह्वान
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार