मुक्तिनाथ विकास बैंकले बचतमा १० प्रतिशत व्याज दिने
नेपालबहस संवाददाता
असोज १, २०७८ शनिबार ०:२३:०
१ असाेज, काठमाडाैं । मुक्तिनाथ विकास बैंकले आजदेखी लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर दिने भएको छ ।
बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर प्रकाशित गरेका छ । ३ महिना अवधीको लागि वाणिज्य तथा विकास बैंकहरुले २०७८ असोज महिनाको लागि हालसम्म प्रकाशित गरेको ब्याजदर मध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेका भीसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बञ्जी जम्पमा १५ सयसम्म छुट
बैशाख ४, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार