कल्याणपुर नगरपालिकामा लगाएको ताला फुटाइयो
नेपालबहस संवाददाता
असोज ३, २०७८ आइतबार २०:२४:१३
३ असोज, लहान । विभिन्न माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा लगाएको ताला फुटाइएको छ ।
नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि गत बिहीबार स्थानीयवासीले नगरपालिकामा चौंथो पटक तालाबन्दी गरेका थिए । स्थानीयवासीले नगरपालिकामा लगाएको ताला कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादव र उनका श्रीमान् सञ्जीवकुमार यादवले फुटाइदिएको स्थानीयवासी प्रदीप साहले जानकारी दिए ।
आफूहरुले उठाएका मागको कुनै सम्बोधन नै नगरी जबर्जस्ती ताला फुटाएकाले स्थानीयवासीले कार्यवाहक नगरप्रमुख यादवविरुद्ध केहीबेर नाराबाजीसमेत गरेका थिए । नगरपालिकामा व्यापक अनियमितता भएको र विभिन्न विकास निर्माणका काममा भएको प्रगति र गरिएको लगानीका बारेमा सूचना माग गर्दासमेत सूचना नदिएको स्थानीयवासीको आरोप छ ।
यसअघि पनि पटकपटक स्थानीयवासीले हिसाब सार्वजनिक गर्नुपर्नेलगायत मागसहित तालाबन्दी गरेका थिए । घुस प्रकरणमा सो नगरपालिकाका नगरप्रमुख सूर्यनाथ मण्डल निलम्बनमा परेपछि उपप्रमुख यादवले कार्यवाहक नगरप्रमुखका रुपमा कार्य सम्हाल्दै आएको छ ।
कार्यवाहक नगरप्रमुख यादवले स्थानीयवासीले उठाएका माग एक/दुई दिनभित्रै सम्बोधन गरी समस्या समाधान गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
यामाहाको स्पेयर पार्ट शोरुममा आगलागी, ६ करोड बढीको क्षति
चैत १३, २०८० मंगलबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार