बाह्रदशी गाउँपालिकामा लगाइएको ताला खुलाइयो
नेपालबहस संवाददाता
असोज ४, २०७८ सोमबार १९:४३:१२
४ असोज, झापा । बाह्रदशी गाउँपालिकाको कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लगाएको ताला खुलाइएको छ ।
राप्रपाले पालिकाभित्रका सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्न माग राख्दै आज पालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो । तालाबन्दी गरेलगत्तै कार्यालय आइपुगेका पालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले उनीहरुको मागलाई तत्काल सम्बोधन गर्ने र मङ्गलबार वडाध्यक्षसँग छलफल गरी खाल्डाखुल्डी पुर्ने भद्र सहमति भएपछि ताला खुलाइएको बाह्रदशी गाउँपालिका राप्रपा अध्यक्ष बिपी कटुवालले बताए ।
उनले भित्री सडकमा परेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेकाले पटकपटक वडा कार्यालयदेखि पालिका कार्यालयसम्म तत्काल मर्मत सम्भारका लागि ध्यानाकर्षण पत्र बुझाइए पनि मर्मत नहुँदा बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार