पदक वितरण कि पुतलीको खेल !
नेपालबहस संवाददाता
असोज ४, २०७८ मंगलबार ३:२०:२०
४ असाेज, काठमाडाैं । सरकारले संविधान दिवसको अवसरमा पदक वितरण गर्दै आएकोमा यस वर्ष पनि ९०३ जनालाई पदक दिने घोषणा भयो । यी मध्ये ८५ जनाले मरणोपरान्त पाएका छन् । यसअघि २०७७ मा ५ सय ९४ जनाले र २०७६ मा ६ सय ३४ जनाले विभूषण पाउने घोषणा गरिएको थियो । सरकारले वितरण गर्ने पदकप्रति श्रद्धा र आस्था वर्षेनी निरन्तर घटिरहेको देखिन्छ । त्योभन्दा पनि उदेकलाग्दो पक्ष, यो अवस्थामा सुधार गर्नतिर सरकारी प्रयास लागेकै देखिन्न ।
गत साल पदक पाउने अधिकांश नेकपा एमालेनिकटका व्यक्ति थिए । यसपटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट धेरै रहेका छन् । यसमा प्रचण्ड पत्नी सीता दाहाल र माधवकुमार नेपालका दिवंगत पिता मंगलप्रसाद उपाध्याय पनि छ, जो नेताका पिता वा नेता–पत्नी हुनुबाहेक उनीहरूबाट राष्ट्रले कुनै योगदान पाएको होइन ।
सरकारले दिएको पदक (तक्मा) प्रति यत्रो आलोचना वा वितृष्णा सरकारले जनविश्वास गुमाएको गम्भीर अवस्थाको द्योतक हो । तै पनि सरकारलाई यो अविश्वास र वितृष्णाले अलिकति पनि पोलेको देखिन्न । पत्रकारहरु– हरिबहादुर थापा, कृष्णज्वाला देवकोटा, रवि मिश्र, रविन सायमी, नारायण अमृत लगायतका पत्रकारहरूले आफूले पाएको पदक अस्वीकार गर्ने घोषणा गरिसकेका छन् । नेपाली कांग्रेसका नेता एवं पूर्वमेयर पीएल सिंह, चिकित्सक अशेष ढुंगाना (सुप्रवल जनसेवाश्री) पनि पदक बहिस्कार गर्नेमा छन् ।
सुप्रबल जनसेवाश्री पाउने सञ्चारकर्मी तथा सञ्चार उद्यमीहरूमा– कैलाश सिरोहिया (कान्तिपुर), रामेश्वर थापा (अन्नपूर्ण पोष्ट विनोदराज ज्ञवाली, (नागरिक दैनिक), तारानाथ दाहाल (वरिष्ठ पत्रकार), सुरेश आचार्य (वरिष्ठ पत्रकार), हरिविनोद अधिकारी, प्रतिक प्रधान (बाह्रखरी), ओम शर्मा (रातोपाटी), गुणराज लुइटेल (नागरिक दैनिक), महेश्वर दाहाल (प्रेस सेन्टर) रहेका छन् ।
प्रबल जनसेवाश्री पाउनेहरुमा– विश्वमणि पोखरेल, कविर राणा (देशान्तर साप्ताहिक) रविन रायमी, (नागरिक दैनिक), रवी मिश्र (नयाँ पत्रिका), अनिता बिन्दु (नेपाल टेलिभिजन), बालकृष्ण चापागाई, (समाजवादी प्रेस संगठन) माधव ढुंगाना (कान्तिपुर), प्रकृति अधिकारी (गोरखापत्र), बद्री सिग्देल (अध्यक्ष प्रेस युनियन), ऋषि धमला (अध्यक्ष रिपोर्टस क्लब), अजयबाबु शिवाकोटी (महासचिव प्रेस युनियन), नेत्रबहादुर केसी (बिबिसी), समा थापा (एपीवान टिभी), मुकुन्द दाहाल (न्युज २४), खगेन्द्र अधिकारी (सेतोपाटी), सुनिल महर्जन (ललितपुर), रोशन सापकोटा (रासस), विष्णु खड्का (एपीवान), रेखा भुसाल (प्रेस युनियन), बृजकुमार यादव (बिबिसी), आकांक्षा शाह (काठमाडौं), भिष्मराज ओझा (प्रेस युनियन), शालिग्राम सुवेदी (प्रेस युनियन), गोविन्द धिताल (नेपाल टेलिभिजन), नरेन्द्र साउद (अन्नपूर्ण पोष्ट), लिला बराल (झापा), भवानी कार्की (समाजवादी प्रेस संगठन), बृजलाल पासवान (पर्सा), दिलभूषण पाठक (कान्तिपुर टिभी) छन् ।
जनसेवाश्री पाउने सञ्चारकर्मी तथा सञ्चार उद्यमीहरुमा– भरतबन्धु थापा (फोटो पत्रकार), भुवन शर्मा (नागरिक दैनिक र प्रेस युनियन, दीपक खरेल (कपिलबस्तु), गिरिजाप्रसाद अधिकारी (तुखबर हेटौंडा), दिपेन्द्र श्रेष्ठ (पोखरा), प्रभातकुमार झा (रौतहट), नारायण अमृत (नेपाल समय), चन्द्रशेखर कार्की (फोटो पत्रकार, सदृष्य ), किसन राई (धरान), डम्बर अधिकारी (तनहुँ प्रेस युनियन) र राममाया भट्टराई (बारा) छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार