३० आश्विन २०७८, शनिबार

फोनपेको फोनपे डाइरेक्टबाट रकम ट्रान्स्फर गर्दा १० रुपैयाँ मात्र शुल्क लाग्ने

प्रकाशित मिति :  ४ आश्विन २०७८, सोमबार २०:०६


४ असोज, काठमाडौं । नेपालको अग्रणी  भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा रू १० मात्र शेवा शुल्क लाग्ने भएको छ ।

फोनपे डाइरेक्ट मार्फत रू १०० देखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र रू १० शुल्क लाग्ने भएको हो ।

यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो । फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिने कम्पनीले बताएको छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि  सहजै रकम पठाउन सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म  ५ लाखभन्दा बढि मर्चेन्ट रहेका छन् ।

एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एपसमार्फत  यसले सेवा प्रदान गर्दै आएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा