एशियन लाईफको नयाँ बीमा योजना बजारमा
नेपालबहस संवाददाता
असोज ५, २०७८ मंगलबार २१:५५:४२
५ असाेज, काठमाडाैं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” नामक नयाँ बीमा योजना सार्वजनिक गरेको छ । ग्राहक बर्गहरुको रुचीलाई मध्यनजर गरी यस कम्पनीले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले बताए ।
यस बीमा योजनाको मूख्य बिशेषता भनेको परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर रहने कुराको अन्त्य गर्नु हो । परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले यस्तो योजना संचालनमा ल्याएको कम्पनीको दावी छ ।
मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरु जस्तैः दुर्घटना मृत्यु लाभ (ADB), स्थायी अपाङ्ग/अशक्त सुविधा (PTD) र बीमाशुल्क छुट सुबिधा (PWB) थप गर्न सकिने व्यवस्था रहेको छ ।
१८ वर्षदेखि ५३ वर्ष उमेर सम्मको व्यक्तिले सहभागी हुनसक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भएतापनि बीमितले शुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतम वार्षिक बीमाशुल्क रु.२५,००० देखि माथि बीमितको आर्थिक अवस्थाको आधारमा जति सुकै रकमको बीमाशुल्क भुक्तानि गरी बीमा गर्न सकिनेछ ।
यस कम्पनीको चुक्ता पुँजी रु.२ अर्व भन्दा माथि रहेको छ । कम्पनीको जीवन बीमा कोष २६ अर्व ४८ करोड भन्दा बढी रहेको छ । साथै यस कम्पनीले ४२ वटा शाखा र १०६ वटा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ भने ग्राहक वर्गहरुको चाहनालाई ध्यानमा राख्दै भविष्यमा अन्य बीमा योजनाहरु समेत ल्याउने योजना रहेको छ । हाल सम्म कम्पनीले २३ वटा बीमालेखहरु बिक्रिमा ल्याईसकेको जनाएको छ ।
कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, कम्पनीका संचालकहरु सुरेन्द्र कुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूत राज सापकोटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईं लगायतको उपस्थितिमा कम्पनीको प्रधान कार्यालयमा कार्यक्रम आयोजना गरी आज उक्त जीवन बीमा योजना सार्वजनिक गरीएको जानकारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार