विकास बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीमा वृद्धि
नेपालबहस संवाददाता
असोज ६, २०७८ बुधबार १८:३९:१५
६ असोज, काठमाडौं । विकास बैंकहरुले एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवैमा सामान्य विस्तार गरेका छन् ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको तथ्यांक अनुसार एक साता (भदौ २६ देखि असोज १ गते) सम्मको अवधिमा विकास बैंकको निक्षेप संकलन र कर्जा लगानी बढेको हो ।
राष्ट्रियस्तरका विकास बैंकहरुले गत हप्ता २ अर्ब ४८ करोडले निक्षेप वृद्धि भएको छ । गत हप्ता ४ सय १७ अर्ब ३६ करोड रुपियाँ निक्षेप रहेकोमा असोज १ गतेसम्ममा निक्षेप वृद्धि भएर ४ सय १९ अर्ब ८४ करोड रुपियाँ पुगेको छ ।
विकास बैंकको ऋण भने ५ अर्ब ३९ करोड रुपियाँले बढेको छ । गत भदौ २६ मा ३ सय ६८ अर्ब ८० करोड रुपियाँ रहेको विकास बैंकको ऋण असोज १ गतेसम्म पुग्दा ३ सय ७४ अर्ब १९ करोड रुपियाँ पुगेको छ । साताभरिमा निक्षेपको वृद्धिदर ०.५९ प्रतिशत रहेको छ भने ऋणको वृद्धिदर भने १.४६ प्रतिशतले बढेको छ ।
क्षेत्रीय विकास बैंकहरुको निक्षेप भने गत साता न्यून रुपमा घटेको छ । गत साता ३१ अर्ब ९७ करोड ७७ लाख रुपियाँ रहेको निक्षेप असोज १ गतेसम्म पुग्दा घटेर ३१ अर्ब ९७ करोड ६९ लाख रुपियाँ पुगेको छ । क्षेत्रीय विकास बैंकको ऋण भने १२ करोड ६६ लाख रुपियाँले बढेको छ । अघिल्लो साता २८ अर्ब ८ करोड रुपियाँ रहेको ऋण असोज १ गतेसम्म बढेर २८ अर्ब २० करोड रुपियाँ पुगेको छ ।
समग्रमा १५ विकास बैंकहरुको निक्षेप एक सातामा २ अर्ब ४८ करोड रुपियाँले बढेको छ । गत साता ४ सय ४९ अर्ब ३३ करोड रुपियाँ रहेको निक्षेप बढेर असोज १ गतेसम्ममा ४ सय ५१ अर्ब ८१ करोड रुपियाँ पुगेको छ । एक सातामा समग्र विकास बैंकहरुको ऋण भने ५ अर्ब ५१ करोड ८० लाख रुपियाँले बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बञ्जी जम्पमा १५ सयसम्म छुट
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार