बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना संक्रमित
नेपालबहस संवाददाता
असोज ६, २०७८ बुधबार २१:५:२४
६ असोज, लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचार अनुसार मंगलबार मात्र बेलायतमा ३१ हजार भन्दा बढी संक्रमित भएको बताइएको छ ।
बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले गएको २४ घन्टा यतामात्र करिब ३१ हजार ५६४ जना काेरोना भाइरसका नयाँ संक्रमित फेला परेका बताएका छ । बेलायतमा केही दिनयताको यो सङ्क्रमितको संख्या धेरै हो । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार केही हप्तायता यहाँ ठूलो संख्यामा नयाँ संक्रमितहरु थपिने क्रम जारी रहेको छ ।
उनीहरुकाअनुसार यहाँ आजसम्म यहाँका संक्रमितहरुको संख्या ७४ लाख ९६ हजार ५२० जना पुगेको छ । त्यसैगरी यहाँ यस संक्रमणबाट भएको मृत्युको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ । गएको २४ घन्टामा मात्र यहाँ २०३ जनाको यही संक्रमणबाट ज्यान गएको बताइएको छ ।
लन्डनमा कोभिड १९ को अवस्था समयसमयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको बताइएको छ । केही समयअघि यहाँ भाइरसका संक्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको बताइएको छ । यहाँ केही समय यतादेखि हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमित थपिने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार