डा. भक्तमानको अपहरणकारी सीआईबीकाे नियन्त्रणमा
नेपालबहस संवाददाता
असोज ६, २०७८ बुधबार २१:१९:९
६ असोज, काठमाडौं । चितवन मेडिकल कलेजका निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रहेको आरोपमा फरार रहेका राजेन्द्र पण्डित पक्राउ परेका छन् । अपहरणका योजनाकार मध्येका एक भीमसेन पण्डितका काकाका छोरा राजेन्द्रलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ को टोलीले उनलाई नुवाकोटबाट पक्राउ गरेको हो । राजेन्द्र अपहरितलाई राख्ने घरको व्यवस्थापन गर्ने कार्यमा संलग्न थिए । पुनरावेदन अदालत, हेटौंडा इजलासले उनलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिमानाको सजाय सुनाएको छ ।
अपहरणकारी रोहित पालिवाल र भीमसेनको समूहले ४ जेठ २०६७ मा अस्पतालबाट घर फर्किँदै गरेका तत्कालीन निर्देशक श्रेष्ठको अपहरण गरेको थियो । र, फिरौतीवापत तीन किलो ६ सय ग्राम सुन भारतको लखनउ नजिकैबाट असुलेको थियो । भीमसेन भने अझै फरार रहेका छन् । त्यसवेला सुन लिन रोहित नै गएका थिए ।
उनीहरुको समूहले त्यसवेला भीओआईपी कलबाइपासको प्रयोग गरेर परिवारसँग सम्पर्क गर्ने गरेको थियो । जसका कारण प्रहरीले फोन कहाँबाट आयो भन्ने थाहा पाउन सकेन । परिवारले अपहरणकारीलाई फिरौती रकम बुझायो ।
प्रकरणमा रोहितलाई अपहरणमा फिरौतीवापत लिइएको १ करोड ८ लाख ५० हजार रुपैयाँ बिगो र त्यसबराबरको जरिवाना र १५ वर्ष कैद सजाय सुनाएको थियो । पालिवाल भने पक्राउ गरिसकेका छन् । मोबाइल र सञ्चारका अन्य साधनबाट टाढा रहेका कारण प्रहरीले भिमसेनलाई पक्राउ गर्न सकेको छैन । उनको श्रीमतीसँग पनि डिभोर्स भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार