गोतामेको निती उपन्यास सार्वजनिक
नेपालबहस संवाददाता
असोज ६, २०७८ बुधबार २२:४:२३
६ असोज, काठमाडौं । उपन्यासकार मीरा गोतामेको निती उपन्यास सार्वजनिक भएको छ । गत शनिवार एक कार्यक्रमकाबीच उनको कृति सार्वजनिक भएको हो ।
उपन्यासमा गोतामेले नेपाली समाजमा नारीले भोगिरहेका धेरै किसमका समस्या र ती समस्याले दिने पीडालाई उठाएकी छिन् । गोतामेले भनिन् “नारी प्रति हाम्रो समाजमा हुने अनेकन पीडाले सधैं भावुक बनाउँथ्यो । त्यही भावुकताले घच्घच्याएपछि लकडाउनको समयको सदुपयोग गरेर उपन्यास तयार गरेको हुँ ।”
साहित्यिक पत्रकार सङ्घको आयोजनामा उपन्यास “निती”को लोकार्पण भएको हो । प्रमुख अतिथि कथाकार भागीरथी श्रेष्ठ, विशेष अतिथि गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, प्रमुख वक्ता समालोचक प्रमोद प्रधान, अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत र आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली लगायतले पुस्तक लोकार्पण गरेका थिए ।
प्रमुख अतिथि भागीरथी श्रेष्ठले उपन्यास कुतूहलपूर्ण भएको बताइन् । उपन्यासको भाषाशैली र शब्दचयनले उपन्यास पढ्न थालेपछि नसकिएसम्म पाठकको ध्यान तानिरहने बताइन् । विषय, घटना, पात्र र भाषा सबै दृष्टिबाट पुस्तक राम्रो रहेको उनले बताइन् ।
कार्यक्रममा हिरण्यकुमारी पाठक, समालोचक प्रमोद प्रधान, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत, जीवनसाथी एवम् प्रकाशक धर्मराज बोगटी, उपन्यासकारका बाल्यकालका साथी रक्षा अधिकारी, साहित्यिक पत्रकार सङ्घका सदस्य डा. दामोदर पुडासैनी किशोर र साहित्यकार गीता सापकोटाले पनि आफ्नो धारणा राखेका थिए ।
पुरुष चरित्रप्रति न्याय गर्दै उपन्यासमा नारीका समस्या उठाइएको वक्ताहरुले बताए । गोतामेको पहिलो उपन्यासमा नै दह्रो रूपमा प्रस्तुत भएकोमा वक्ताहरुले रचनाकारलाई बधाई ज्ञापन गरेका थिए । उपन्यास ३५ अध्यायमा लेखिएको छ । सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, शब्दार्थ प्रकाशनका विनय नेपाल, सखी प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मन्जिला अनिलको पनि उपस्थिति रहेको थियो ।
चर्चित गायिका रितु कँडेलले गीतहरु गाएकी थिइन् । चर्चित कलाकार नितु कोइराला, गायिका रिता के. सी., कवि एवं चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, कवि एवं पत्रकार मणि लोहनी, समालोचक डा. रमेश शुभेच्छुक, चेतन कार्की प्रतिष्ठानका महासचिव मुरारी सिग्देल लगायत समाजका विभिन्न क्षेत्रमा आबद्ध पेशाकर्मी, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार