रेखा थापाको ‘काली–२’ पर्ख र हेरको स्थितिमा
नेपालबहस संवाददाता
असोज ६, २०७८ बुधबार २२:१६:७
६ असोज, काठमाडौं । अभिनेत्री, निर्मात्री रेखा थापाले नयाँ फिल्म ‘काली–२’ निर्माण गर्दै थिइन् । जसअनुरुप ०७७ वैशाख पहिलो साता सुटिङ थाल्ने योजना उनको थियो । तर, अपशोच, कोभिड–१९ का कारण ११ चैत ०७६ देखि देशव्यापी लकडाउन भयो । जसले गर्दा रेखाले सो फिल्मको सुटिङ अहिलेसम्म सुरु गर्न सकेकी छैनन् ।
रेखाले ‘काली–२’ का लागि कडा अभ्यास गरी करिब १५ किलो तौल घटाएकी थिइन् । ‘कथाको मागअनुसार मैले वजन घटाएकी हुँ,’ रेखाको भनाइ छ, ‘अहिले नियमित अभ्यास गर्न नपाए पनि तौल बढ्न भने दिएकी छैन ।’ अब उनको फिल्म कहिले ‘फ्लोर’मा जान्छ ? त्यो भने रेखा स्वयंलाई थाहा छैन ।
‘बिस्तारै जनजीवन सामान्य बन्दै गइरहेको छ । तर, अहिले नै सुटिङ सुरु गरिहाल्ने स्थिति मैले देखेकी छैन,’ उनी भन्छिन्, ‘अहिले फिल्म बनाएर मात्र के गर्नु, फिल्म चल्ने माहौल पनि त बन्नु पर्यो नि ।’ उनी आफू ‘पर्ख र हेर’को स्थितिमा रहेको बताउँछिन् ।
सबिर श्रेष्ठको निर्देशनमा बन्ने फिल्मको खास नाम ‘काली–२’ नहुन पनि सक्ने रेखाले बताएकी छिन् । फिल्ममा रेखा स्वयं प्रमुख भूमिका रहने छिन् भने उनले अन्य भूमिकामा नवकलाकारलाई मौका दिने तयारी गरेकी छिन् । ‘म्युजिक भिडियोमा चल्तीमा रहेका कलाकार रहने छन्,’ नाम उल्लेख नगरी उनले भनिन्, ‘स्क्रिप्टको माग नै त्यस्तै छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक 'भिडियो'
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार