११ कार्तिक २०७८, बिहीबार

८२ वर्षीया आमाको हत्या आरोपमा छोरा पक्राउ

प्रकाशित मिति :  ६ आश्विन २०७८, बुधबार १९:०५


६ असोज, सोलुखुम्बू । सोलुखुम्बूमा आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेचा सल्यान गाउँपालिका-५ की बडालक्षी राईलाई फलामको हम्मरले हानेर हत्या गरेको आरोपमा प्रहरीले लक्ष्मण राईलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूका अनुसार लक्ष्मण बडालक्षीका कान्छा छोरा हुन् । ३ असोज दिउँसो आफ्नै घरमा टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहेकी ८२ वर्षकी बडालक्षीलाई छिमेकीले अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।

अनुसन्धानको क्रममा कान्छा छोरा लक्ष्मण राईले आमालाई फलामे हम्मरले टाउकोको पछाडि भागमा हिर्काएको खुल्न आएको प्रहरीले जनाएको छ । लक्ष्मणलाई पक्राउ गरी जिल्ला अदालत सोलुखुम्बूबाट १० दिन म्याद थप भई अनुसन्धान जारी राखेको प्रहरीको भनाइ छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा