११ कार्तिक २०७८, बिहीबार

राष्ट्र बैंकले बजारमा ३० अर्ब रुपैयाँ पठाउदै

प्रकाशित मिति :  ७ आश्विन २०७८, बिहीबार ११:१६


७ असोज,काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको चरम अभाव भएपछि केन्द्रीय बैंकले हरेक साता रिपोको माध्यमबाट बजारमा पैसा पठाउँदै आएको छ।

गत दुई साता दुई हप्ताको लागि पैसा पठाएको केन्द्रीय बैंकले आजको रिपो बोलकबोलबाट भने एक हप्ताको लागि मात्र पठाउन लागेको हो।

७ दिन अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछ।

 

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा