११ कार्तिक २०७८, बिहीबार

डेढ दर्जन वाणिज्य बैंकको शेयरमूल्य उच्च दरले वृद्धि

प्रकाशित मिति :  ७ आश्विन २०७८, बिहीबार ११:४५


७ असोज,काठमाडौं । बिहीबार अधिकांश वाणिज्य बैंकको शेयरमूल्य उच्च दरले वृद्धि भएको छ । यस दिन डेढ दर्जन वाणिज्य बैंकको शेयरमूल्यमा उच्च दरले वृद्धि भएको हो ।

यस दिन साढे ११ बजेको अवधिमा सानिमा, नेपाल बैंक, नेपाल बंगलादेश, लक्ष्मी, माछापुच्छ्रे बैंक, कुमारी र प्रभू बैंकको शेयरमूल्य ६ प्रतिशत बढिका दरले बढेको छ ।

त्यस्तै, सिद्धार्थ, कृषि विकास बैंक, एभरेष्ट, प्राइम र सनराइज बैंकको शेयरमूल्य ५ प्रतिशत बढिका दरले बढेको छ । यस दिन सिभिल, एनएमबि, बैंक अफ काठमाण्डौ, मेगा, सिटिजन्स, सेञ्चुरी र स्टान्डर्ड चार्टड बैंकको शेयरमूल्य करिब ४ प्रतिशतले बढेको छ ।

यतिबेला वाणिज्य बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् । यस दिनसम्म सानिमा बैंक र माछापुच्छ्रे बैंक लिमिटेडले गत वर्षको कमाइबाट शेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।

बैंकहरुले लाभांश घोषणा गर्न सुरु गरेसँगै वाणिज्य बैंकको शेयरमा खरिदकर्ता चाप उच्च रहेको छ । वाणिज्य बैंकको शेयरमा खरिदकर्ता चाप हुँदा शेयरमूल्य उच्च दरले बढ्न थालेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा