धमाधम लाभांश घोषणा गर्दै बैंक वित्त कम्पनी
नेपालबहस संवाददाता
असोज ७, २०७८ बिहिबार २०:१:८
७ असोज,काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। आर्थिक वर्ष सकिएसँगै गत वर्षको कमाइबाट कम्पनीहरुले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा शुरु गरेका हुन्।
गत आर्थिक वर्षको कमाइबाट लाभांश घोषणा गर्नेमा धेरै हाइड्रोपावर कम्पनीहरु छन्। हालसम्म डेढ दर्जन कम्पनीले लाभांश घोषणा गरेकोमा ६ वटा हाइड्रोपावर कम्पनी रहेका छन् भने ५ वटा लघुवित्त, २ वाणिज्य बैंक र नेपाल इफ्रास्ट्रक्चर बैंक कम्पनी रहेका छन्।
आज (असोज ६ गते बुधबार) सानिमा र माछापुच्छ्रे बैंकले बुधबार लाभांश घोषणा गरेका छन् । अब अरु वाणिज्य बैंक, विकास बैंक लगायतका संस्थाहरुले पनि लाभांश प्रस्ताव गर्न थाल्नेछन् । यस्तै, माइक्रोफाइनान्स, बिमा लगायत अरु क्षेत्रका सूचीकृत कम्पनीहरुले पनि धमाधम लाभांश प्रस्ताव गर्न थाल्नेछन् । यसकारण अब लाभांशको सिजन सुरु भएको छ । यतिबेला शेयरधनी बन्नेले अब छोटो समयमै लाभांश हात पार्न सक्नेछन् ।
अघिल्ला वर्षहरुमा केही सूचीकृत कम्पनीहरुले दशैं अगाडि नै लाभांश घोषणा गरेर साधारण सभासमेत सम्पन्न गरिसक्दथे ।
तर, गत वर्षदेखि दशैं अगाडि नै साधारण सभा गरेर लाभांश वितरण गर्न भने केही गाह्रो पर्ने देखिएको छ । तथापि, घोषणा गर्नेक्रम सुरु भएकाले अब धमाधम साधारण सभाको मिति तय हुने अपेक्षा गर्न सकिन्छ ।
यी हुन् हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार