११ कार्तिक २०७८, बिहीबार
सानेपामा धर्ना

कांग्रेस सर्लाहीको क्रियाशील विवाद सानेपामा छताछुल्ल, अमरेशलाई शेखर कोइरालाको साथ

प्रकाशित मिति :  ७ आश्विन २०७८, बिहीबार १६:३४


७ असोज, काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको क्रियाशील सदस्यता विवाद पार्टी मुख्यालय सानेपामा छताछुल्ल भएको छ । कांग्रेस सर्लाहीमा अमेरशकुमार सिंह र प्रदेश मन्त्री वीरेन्द्र सिंहबीच इगोको लडाइँ चलेको छ । लामो समयदेखि कांग्रेस सर्लाहीको क्रियाशील विवाद टुंगो लाग्न नसकेको भन्दै धर्ना कार्यक्रम जारी छ ।

यसैक्रममा मंगलबार दिउँसो प्रदेश २ का मन्त्री वीरेन्द्रप्रसाद सिंहले बरहथवा नगरपालिका-का वडाध्यक्ष लखिन्द्र महतोमाथि कुटपिट गरेको भन्दै अमरेश सिंह पक्षले धर्ना सुरु गरेको छ ।

कुटपिटको विरोधमा कांग्रेस केन्द्रीय कार्यलयमा आयजित धर्नामा कांग्रेस नेता डा.शेखर कोइरालाले समेत ऐक्यबद्धता जनाएका छन् । बिहीबार दिउँसो सानेपा पुगेर कोइरालाले ऐक्यबद्धता जनाएका हुन् । अमरेश कोइराला समूह र वीरेन्द्र सिंह विमलेन्द्र निधि समूहमा छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा