करिना कपुर सीता बन्न नपाउँदा ! कारण यस्ताे छ
नेपालबहस संवाददाता
असोज ७, २०७८ बिहिबार २२:२२:३९
७ असोज, काठमाडौं । पछिल्लो केही समय ‘सीता’ बन्ने कुराले चर्चामा रहेकी बलिउड अभिनेत्री करिना कपुरले यसपालिको जन्मदिन पति सैफ अलि खानका साथमा माल्दिभ्समा मनाइन् ।
२१ सेप्टेम्बर अर्थात् मंगलबार आफ्नो ४१औं जन्मदिन मनाएकी करिनाले इन्स्ट्रामा स्टोरी हाल्दै आफूलाई शुभकामना व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेकी छिन् ।
करिना केहीअघिसम्म ‘सीता–दि इन्कार्नेसन’ नामक फिल्ममा सीताको भूमिका निर्वाह गर्ने कुराले चर्चामा थिइन् । उनले सीता बन्न १२ करोड भारु पारिश्रमिक माग गरेकोसमेत खबर आएको थियो । तर, यो खबर त्यतिबेला गलत प्रमाणित भयो, जतिबेला सो फिल्मको निर्माण पक्षले करिनालाई कहिल्यै प्रस्ताव नै नगरिएको जानकारी दियो ।
‘सीता–दि इन्कार्नेसन’ को स्क्रिप्ट नै कंगना रनावतलाई हेरेर लेखिएकाले अरु अभिनेत्रीलाई प्रस्ताव गरिने कुरै नभएको फिल्मका निर्देशक अलौकिक देसाईले बताएका छन् । अर्को वर्ष प्रदर्शनमा आउने सो फिल्म अ ह्युमन बिइङ स्टुडियोले निर्माण गर्दैछ । आफू सीता बन्न नपाएको बारे भने करिनाको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार