११ कार्तिक २०७८, बिहीबार

अब एमालेमा एउटै व्यक्तिले दोहोरो जिम्मेवारी पाउँदैन : पोखरेल

प्रकाशित मिति :  ७ आश्विन २०७८, बिहीबार १७:१२


७ असोज, काठमाडौं । एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा अब एउटै व्यक्तिले दोहोरो जिम्मेवारी नपाउने बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा बिहीबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले अब दोहोरो जिम्मेवारी दिएर पार्टी अस्तव्यस्त नबनाउने स्पष्ट पारे ।

‘अब दोहोरो जिम्मेवारीबाट पार्टीमा अस्तव्यस्त हुँदैन । एउटा व्यक्तिको धेरै जिम्मेवारी हुँदैन । एक-दुई अपवाद होला नत्र हुँदैन । यता कुदयो, उता कुदयो, कहीँ भ्याएको छैन । अब त्यस्तो हुँदैन,’ उनले भने ।

वैचारिक प्रशिक्षण बढाउने, संगठनलाई सुदृढ गर्दै लैजाने उनको भनाइ थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा