११ कार्तिक २०७८, बिहीबार

काठमाडौं महानगरका विद्यालय १० असोजदेखि खोल्ने

प्रकाशित मिति :  ७ आश्विन २०७८, बिहीबार २१:५२


७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले यही १० असोजदेखि विद्यालय संचाचालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले स्वास्थ्यको मापदण्ड पूर्ण रूपमा पालना गरी १० असोजदेखि विद्यालय खोल्ने निर्णय गरेको महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि मात्र बालबालिका संक्रमणको जोखिम रहेको भन्दै हतारमा विद्यालय नखोल्न आग्रह गरेको थियो । यसअघि विद्यालयका संचालकहरूले १ असोजदेखि नै विद्यालय खोल्ने तयारी गरेका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा