११ कार्तिक २०७८, बिहीबार

दशैका लागी असोज ११ गतेदेखि टिकट बुकिङ खुल्ने

प्रकाशित मिति :  ७ आश्विन २०७८, बिहीबार २२:३३


७ असोज, काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैमा काठमाडौं उपत्यकाबाट बाहिरिनेका लागी असोज ११ गतेदेखि टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि मिति तय भएको हो।

असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए।

राजधानीका १४ स्थानमा नागरिक सहायता कक्षहरू राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको छ। अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्था छ।

यातायात महासंघले भने भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा