११ कार्तिक २०७८, बिहीबार

त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, एक जना घाइते 

प्रकाशित मिति :  ८ आश्विन २०७८, शुक्रबार ०७:५०


?

८ असोज, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार बिहीबार राति चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

कार नदीमा खस्दा एक जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् । ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीका अनुसार उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

‌दुर्घटनामा पोखरा महानगरपालिका-७ का प्रेम भुजेल, लेखबहादुर भुजेल र ईश्वी भुजेल बेपत्ता छन् । उनीहरूको खोजबिन भइरहेका प्रहरीले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा