११ कार्तिक २०७८, बिहीबार
तुलसीलाल प्रतिष्ठान

आज विधान महाधिवेशनबारे तयारी गर्न एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

प्रकाशित मिति :  ८ आश्विन २०७८, शुक्रबार ०७:५३


८ असोज, काठमाडौं । विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज ‘शुक्रबार’ देखि सुरु हुँदै छ।

बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा १५ देखि १७ असोजसम्म हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने तामाङले जानकारी दिए । यस्तै विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी बैठकले पारित गर्ने पनि तामाङले जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा