११ कार्तिक २०७८, बिहीबार

मनसुन क्रमश: निस्क्रिय बन्दै

प्रकाशित मिति :  ८ आश्विन २०७८, शुक्रबार ०७:५८


८ असोज, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन क्रमश: निस्क्रिय बन्दै गएको जनाएको छ । हल्का पानी परे पनि ठूलो वर्षाको सम्भावना टर्दै गएको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर छ।

महाशाखाका अनुसार आज भने पश्चिम तराईका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । काठमाडौंसहित देशका अरु ठाउँमा भने सामान्यतया मौसम सफा नै रहने छ ।

यस्तै आज राति पश्चिम तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अरु ठाउँको मौसम भने सामान्य बद्ली मात्र भएर कतैकतै फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। शनिबार पनि मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा