इन्टरनेट नहुँदा सुपरिवेक्षकलाई जनगणनामा समस्या
नेपालबहस संवाददाता
असोज ८, २०७८ शुक्रबार १४:३०:३२
सुरेस परियार
८ असोज, सिमकोट । हुम्लाका दुर्गममा खटिएका सुपरिवेक्षकलाई जनगणनामा समस्या भएको छ । गणनामा परिचालन भएका सुपरिवेक्षकले मोबाइल एप प्रयोग गर्नुपर्ने भए पनि टेलिफोन र इन्टरनेटका कारण समस्या भइरहेको राष्ट्रिय जनगणना कार्यालय हुम्लाका प्रमुख विनोद भट्टले जानकारी दिए ।
३० भदौमा २३ सुपरिवेक्षक खटिएका छन् । तर, हालसम्म दुई जनाले मात्र मोबाइल एपमा एउटा-एउटा वडाको अद्यावधिक विवरण अपलोड गरेको उनले बताए । बाँकी सुपरिवेक्षकसँग टेलिफोन सम्पर्क हुन सकेको छैन ।
१८ असोजसम्म पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना भइरहेको छ । सुपरिवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सोध्ने काम जारी रहेको भट्टले बताए ।
सूचीकरणका लागि अदानचुली,ताँजाकोट, चंखेली र खार्पुनाथ गाउँपालिकामा तीन जनाका दरले सुपरिवेक्षक खटाइएको छ । सर्केगाडमा चार जना, सिमकोटमा पाँच जना र नाम्खा गाउँपालिकामा दुई जना गरेर २३ जना सुपरिवेक्षक खटाइएको छ ।
२०६८ को जनगणना अनुसार जिल्लाभर घरपरिवारको संख्या ९ हजार ४ सय ७९ थियो । जिल्लाको जनसंख्या ५० हजार ८ सय ५८ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार