११ कार्तिक २०७८, बिहीबार
ह्वाईटहाउस

अमेरिकी उपराष्ट्रपति ह्यारिससँग भेटेपछि मोदीले भने– तपाईलाई स्वागत गर्न सम्पूर्ण भारतीय आतुर छन् !

प्रकाशित मिति :  ८ आश्विन २०७८, शुक्रबार ०९:०४


८ असोज, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँग भेटवार्ता गरेका छन् । भारतीय मूलकी उपराष्ट्रपति कमलालाई मोदीले ह्वाईटहाउसमा भेट गरेका हुन् । कमला अमेरिकाको उच्च ओहोदामा पुग्ने पहिलो भारतीय मूलकी व्यक्ति हुन् ।

भारतीय मूलकी छोरी अमेरिकाको उच्च ओहदामा पुगेको भन्दै मोदीले उपराष्ट्रपति कमलालाई बधाई दिएका थिए । उनले उपराष्ट्रपतिलाई भारत भ्रमणको निम्तोसमेत दिएका थिए । ‘तपाईलाई स्वागत गर्न भारत आतुर छ,’ मोदीले भने ।

उपराष्ट्रपति कमला क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन् । उनकी आमा भारतमा जन्मिएकी थिइन् भने बाबु जमैकामा जन्मेका थिए । हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी कमला डेमोक्रयाटिक पार्टीबाट अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो अश्वेत महिला हुन् । गत नोभेम्वरमा कमला उपराष्ट्रपतिमा विजयी भएपछि उनको पुख्यौली गाउँ ठूलासेन्द्रापुराममा खुसियाली मनाइँएको थियो ।

तीनदिने अमेरिका भ्रमणका क्रममा मोदी बुधबार न्युयोर्क पुगेका थिए । उनले आजै साँझ अमेरिकी राष्ट्रपति जोन बाइडेनलाई भेट्ने कार्यक्रम छ । एजेन्सी


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा