दमक कांग्रेसको नेतृत्व लिन पर्शुराम रिजाल तयार
यज्ञप्रसाद भट्टराई
असोज ८, २०७८ शनिबार १:५:२५
नेपाली कांग्रेसका युवा नेता तथा दमक कांग्रेसका उदियमान तारा पर्शुराम रिजाल अहिले चर्चाको शिखरमा छन् । लामो समयसम्म नेपाल विद्यार्थी संघमा रहेर राजनीतिमा सक्रिय रिजाल नेपाली कांग्रेसलाई बलियो बनाउने कार्यमा अहिले क्रियाशिल भएर उत्रिएका छन् ।
सधैं परिवर्तन र विकासको पक्षमा आफ्ना आवाज बुलन्द गर्ने युवा नेता पर्शुराम रिजाल नेपाली कांग्रेसको गत तेह्रौं महाधिवेशनमा दमक नगर समितिको सभापति पदमा थोरै मतले आफ्ना प्रतिद्वन्दि साथी रोशन बिष्टसँग पराजित भएका थिए ।
जीत र हारलाई समान अवसरको रुपमा लिने रिजाल आफ्नो पराजयपछि पनि निरन्तर र थप क्रियाशिलताका साथ नेपाली कांग्रेसलाई बलियो बनाउने कार्यमा संलग्न रहँदै आएका छन् । नेपाली कांग्रेसलाई वैचारिक रुपमा शक्तिशाली बनाउनु पर्छ भन्ने भावना राख्ने रिजाल नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिको प्रत्यासीका रुपमा आफुलाई उभ्याईरहेका छन् ।
नेपाली कांग्रेस दमकका क्षेत्रीय प्रतिनिधिहरु र वडा सभापतिहरु पनि दमक कांग्रेसको नेतृत्व रिजाललाई दिन आतुर देखिएको छन् । युवा जोश र जाँगरलाई पार्टीले चिन्न सक्ने हो भने अनि क्षेत्रीय प्रतिनिहरु र वडा सभापतिहरुले बुझ्न सक्ने हो भने नेपाली कांग्रेस दमकको भविष्य अत्यन्तै उज्वल देखिन्छ ।
झापा जिल्लाकै युवा नेताहरुको रुपमा आफुलाई उभ्याई सकेका नेता रिजालले पार्टीले दिने जुनसुकै जिम्मेवारीलाई सहजताका साथ सम्हाल्दै अगाडी बढन चाहन्छन् । दमक आफैमा नेपाली कांग्रेसको उदगम भूमि हो । झापा जिल्लालाई पटक–पटक नेतृत्व गर्ने कांग्रेसका सारथीहरुको संगमस्थल पनि हो, दमक । झापा कांग्रेसका अभिभावक पूर्णानन्द शर्माको शितल छहारीमा जन्मिएका हजारौं युवा नेतृत्वहरु अहिले पनि नेपाली कांग्रेसको उपल्लो दर्जामा रहेर आफ्नो भूमिका कुशलताका साथ निभाईरहेका छन् ।
झापा कांग्रेसका युवा नेता पर्शुराम रिजाल भन्छन्, म दमकबासी सम्पूर्ण आदरणीय अग्रज अभिभावकहरुको, स्थानीय नेता तथा सहयात्री सबैको सल्लाह र सहकार्यका १४ औं अधिवेशनमा पुनः दमक कांग्रेसको नेतृत्व सम्हाल्न आतुर छु । नेता रिजाल पदलाई भन्दा पार्टी एकतालाई मुख्य प्राथमिकतामा राखेर काम गर्न चाहन्छन् । पार्टीलाई जीवन्त राख्न युवाहरुको सकृयता र प्रौढ नेतृत्वको सल्लाह दुबै आवश्यक रहेको बताउने युवा नेता रिजालले युवा साथीहरुलाई क्रियाशिल बनाउन सकेमात्रै नेपाली कांग्रेस सवल र सक्षम बन्ने विश्वास राख्छन् ।
दमक र दमकबासीका चुनौति र सम्भावनाहरुको अधिकतम उपयोग गर्ने उद्देश्यका साथ चौधौं महाधिवेशनमा पुनः सभापतिको उम्मेदवारी दिएका युवा नेता रिजाल नेपाली कांग्रेस पार्टीको बृहत्तर हितमा लागिरहने प्रतिबद्धता ब्यक्त गर्छन् । म नभनौ हामी भनौं, यसले हामीलाई दमक कांग्रेसको वर्तमान अवस्थामा परिवर्तन ल्याउन सकिन्छ भन्ने भावना राख्ने रिजाल नेपाली कांग्रेसमा आमुल परिवर्तनको आवश्यकता र ब्यापक सबलिकरणको आवश्यकता रहेको बताउँछन् ।
पार्टी भित्र निष्ठा, आदर्श, सम्मान र समर्पणको भावना हराउँदै गएको र तेरो मेरो भन्ने भावनाले पार्टीलाई धरासायी बनाउने भन्दै नेता रिजालले अब नेपाली काङ्ग्रेसलाई हाम्रो पार्टी भन्ने वातावरण बनाउने मेरो पहिलो काम हुने बताउँदै कसैलाई कमजोर देखाएर आफु उच्चो हुने प्रबृत्तिले ब्यक्ति र पार्टी दुबैलाई समाप्त पार्ने कुरामा आफु पूर्ण रुपमा जानकार रहेको र यस्ता प्रबृत्तिलाई परास्त गरेर अघि बढने संकल्प समेत गरेका छन् ।
महाधिवेशन भनेको पार्टीको आन्तरिक प्रतिष्पर्धा भएको हुनाले यसलाई संयमित र मर्यादित रुपले उपयोग गर्नुपर्ने धारणा राख्ने नेता रिजाल आफुबीचको विश्वासलाई दरिलो बनाउँदै अघि बढनु पर्ने आवश्यकता रहेको बताउँछन् । हात्ती लम्कदै गर्छ कुकुर भुक्दै गर्छ भन्ने नेपाली उखान नेपाली राजनीतिमा समेत चरितार्थ हुँदै गएकोप्रति सचेत गराउँदै नेता रिजाल भन्छन्, राणा शासन र पञ्चायतसँग जुधेका गिरिजाप्रसाद कोइरालाको संरक्षण र छत्रछायाँमा राजनीति गरेका हामी युवा कांग्रेसीहरु कसैको लोभ र लालचको भ्रममा परेर कहिल्यै पनि राजनीतिबाट बिमुख हुनुहुँदैन ।
नेपाली कांग्रेस अब नयाँ शिराबाट अघि बढ्ने कुरामा ढुक्क रहेका नेता रिजाल अबको महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व आउने र नेपाली कांग्रेसलाई सशक्त र प्रभावकारी रुपमा अघि बढाउने कुरामा विश्वस्त छन् । दमक कांग्रेसमा अबको नेतृत्व युवाहरु नै रहने र प्रौढ नेतृत्वलाई अभिभावकीय भूमिकामा सदैव संलग्न गराउने चाहना रहेको बताउने नेता रिजाल अब नेपाली कांग्रेसलाई सशक्त बनाउन र युवाहरुलाई नेतृत्वमा ल्याउन नसके नेपाली कांग्रेसले दमकमा कुनै पनि निर्वाचन जित्न नसक्ने ठोकुवा समेत गरेका छन् । त्यसैले नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा दमकको नेतृत्व कुशलतापूर्वक सम्हाल्न आतुर देखिएका नेता रिजाल आफु युवा, प्रौढ, शिक्षक, विद्यार्थी, मजदुर, महिला, दलित, आदिबासी जनजाति, पिछडावर्ग, मुस्लिम लगायतको सामुहिक भावनाको कदर गर्दै अगाडि बढने कुरामा स्पष्ट देखिएका छन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थप‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार