एसपी शाहको छानवीनमा आलटाल, अझै प्रतिवेदन आएन
नेपालबहस संवाददाता
असोज ८, २०७८ शनिबार १:३९:२३
८ असोज, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालिन एसपी सिद्धि विक्रम शाहमाथिको अनुसन्धानमा प्रहरी प्रधानकार्यालयले आलटाल गरिरहेको छ । एसएसपी कृष्ण महतको संयोजकत्वमा बनेको छानवीन समितिले अहिलेसम्म प्रतिवेदन नबुझाएर आलटाल गरिरहेको छ । प्रहरीले गरेको एकपछि अर्को अनुसन्धानमाथि प्रश्न उठ्ने गरेको बेला एसपी शाहलाई जोगाउने गरी प्रतिवेदन तयार पारेको र प्रतिवेदन अझैसम्म प्रहरी महानिरीक्षकलाई बुझाइएको छैन । पत्रकारलाई एसपीकै सहयोगमा लागुऔषध राखेर फसाउन खोजेका भन्दै उनीमाथि छानवीन गरिएको थियो ।
प्रहरीले अनुसन्धान गर्न नसकेर वा नियतवश अरुलाई फसाउन गरेको अनुसन्धानमाथि गम्भीर किसिमले प्रश्न उठ्ने गरेको छ । गत वर्षदेखि रौतहट प्रहरीको अनुसन्धानमाथि दाग लाग्ने गरी नै एकपछि अर्को प्रश्न उठेको देखिएको छ । अबैध लागुऔषध एक जना पत्रकारको मोटरसाइकलमा राखेर पक्राउ गरी लागू औषध मुद्दा चलाउन खोज्नु रौतहट प्रहरीले ठूलो अपराध गरेको जिल्लाबासीको बुझाइ छ ।
पक्राउ परेका पत्रकार शेख मोजिबुल्लाहले आफूले भनेको कुरा प्रहरीले टाइप नगरी आफूले बोल्ने एक थोक र प्रहरीले बकपत्रमा अर्कै थोक टाइप गरेको बताएपछि झन एसपीमाथि शंका बढेको थियो । तर प्रहरी प्रधानकार्यालयले अहिलेसम्म उनलाई कुनै पनि कारवाही गरेको छैन ।
गत वर्ष रौतहटको गरुडा नगरपालिका ८ बसबिटी जिंगडियाका निरन्जन पासवानको हत्या भएकोमा अनुसन्धानको लागि स्थानीय विजय पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनामा कुनै संलग्नता नै नभएको पासवानलाई प्रहरीले चरम यातना दिएर हिरासतमै मृत्यु भएको थियो । एक किशोरको भएको हत्याको अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अर्का किशोरको प्रहरीले चरम यातना दिएर हत्या गरेको आरोप स्थानीयले लगाएका थिए । लामो समयसम्म आन्दोलन नै चलेपछि इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रमुख डीएसपी र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी हटाइएको थियो ।
प्रहरीले तथ्यगत अनुसन्धान नै नगरी कतैबाट प्रभावित भएर निर्दोषलाई नियन्त्रणमा लिई चरम यातना दिएर मार्नु भनेको प्रहरीको अनुसन्धानको अक्षमता र प्रहरी प्रमुखको अकर्मण्यता भएको बुझाइ सर्वसाधारणको रहेको छ । गत वर्ष नै रौतहटको माधव नारायण नगरपालिका २ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या भएको थियो ।
हत्यामा संलग्न रहेको व्यक्तिलाई पक्राउ गरेर यत्तिकै छोडिएको भनी प्रहरीको आलोचना भएको थियो । मूल दोषीलाई प्रहरीले बचाउनको लागि लबिङ नै गरेको आरोप लागेको थियो । पुजारीको हत्याको स्वतन्त्र अनुसन्धान नगरी राजनैतिक प्रतिशोध लिने र पीडितलाई झन् पीडा दिने काम गरेको पुजारीका आफन्तहरुले पत्रकार सम्मेलन गरेर नै जानकारी गराएका थिए । पक्राउ परेका दोषीलाई पनि प्रहरीले कमजोर अनुसन्धान प्रतिवेदन बनाएकोले अदालतबाट रिहा भएको स्थानीयको भनाइ छ ।
गत साउन महिनामा प्रहरीले नै लागुऔषध पत्रकारको मोटरसाइकलमा राख्न लगाएर फसाउन खोजेको घटनाले त झन् प्रहरीमाथि कालो दाग लाग्न पुगेको छ । अपराधलाई नियन्त्रण गर्ने र अपराधीलाई पक्राउ गरी कानुनअनुसार अदालतमा पु¥याउनु पर्नेमा प्रहरीले अबैध लागुऔषध एक जना पत्रकारको मोटरसाइकलमा राखेर पक्राउ गरी लागुऔषध मुद्दा चलाउन खोज्नु रौतहट प्रहरीले गरेको अपराध नै भएको जिल्लाबासीको बुझाइ छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालयको तत्काली कार्यालय प्रमुखले जथाभावी अपशब्द प्रयोग गरेको पनि पत्रकार मोजिबुल्लाहले बताएका थिए । लागूऔषध काण्डमा रक्षक नै भक्षक भएको प्रमाणित भएको थियो ।
सिसिटिभी फुटेज र अडियो सार्वजनिक नभएको भए एक जना निर्दोषलाई रौतहट प्रहरीले फसाएर जीवन नै बर्बाद पार्न खोज्ने गम्भीर षडयन्त्रमूलक अपराध गरेको थियो । रौतहट प्रहरीको काम कारबाही र अनुसन्धानमाथि एकपछि अर्को प्रश्न उठ्दै गर्दा पछिल्लो कार्यकालका दुई प्रहरी प्रमुख तानिएका छन् । प्रहरीको निष्पक्षतामाथि दाग लागेको अवस्थामा अबका प्रहरी प्रमुखलाई स्वतन्त्र र निष्पक्ष भई काम गरेर संगठनप्रति विश्वास जगाउनु पर्ने जिम्मेवारी रहेको जिल्लाबासीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार