अरिङ्गालको टोकाइबाट दैलेखमा एक जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज ९, २०७८ शनिबार २१:१८:३४
९ असोज, दैलेख । जिल्लाको ठाटीकााँध गाउँपालिकामा अरिङ्गाले टोक्दा एक जनाको मृत्यु भएको छ । ठाँटीकाँध गाउँपालिका–५ तोलीपाटाका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डीएसपी अनुपम श्रेष्ठले बताए ।
शुक्रबार दिउँसो छोराको सर्टिफिकेट लिन विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा घाइते भएका शाहीलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको थियो ।
प्रदेश अस्पताल सुर्खेतको आईसीयूमा राखेर उपचार थालिएको बेला शनिबार मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए । मृतक देवबहादुर शाही विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन ‘नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्यसमेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार