एमालेभित्र चार नेताको व्यवस्थापनमा जटिलता
नेपालबहस संवाददाता
असोज ९, २०७८ शनिबार २३:५१:३०
९ असोज, काठमाडौं । नेकपा ‘एमाले’ को विधान महाधिवेशन नजिकिदै गर्दा पार्टीभित्र उमेरहद र पदाधिकारीको प्रस्तावले सबैको ध्यान आकर्षित गरेको छ । दशौँ महाधिवेशन अघि विधान महाधिवेशन हुने भएकाले सबैको ध्यान उमेरहद र पदाधिकारीमा पुगेको हो ।
७० वर्षे उमेर हदम्याद र तीन उपाध्यक्षको प्रस्तावमा आएपछि नेताहरुको व्यवस्थापनमा जटिलता देखिएको छ । उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान मस्यौदमा ७० वर्षे उमेर हदम्याद र तीन मात्रै उपाध्यक्ष राख्ने व्यवस्था प्रस्ताव गरेर केन्द्रीय कमिटीमा पेश गरेको विधानमाथि सदस्यहरु आफ्ना धारणा राखिरहेका छन् ।
यी दुई प्रस्ताव पारित भएमा एमालेलाई नेता व्यवस्थापन सबैभन्दा जटिलता उत्पन्न हुनेछ । विधान संशोधन प्रस्तावमा अध्यक्ष र वरिष्ठ नेतासहित तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव रहनेगरी पदाधिकारी व्यवस्था गरिएको छ । बैठकले अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्तावलाई पास गरेका छन् ।
एमालेको ७० वर्षे उमेर हदम्याद र तीन मात्रै उपाध्यक्ष रहने व्यवस्थाले केही नेता अध्यक्ष बन्न नपाउदै ‘बिदा’ हुनेछन् । अध्यक्ष ओली ६९ वर्षको भइसकेका छन् । २००८ फागुन ११ मा जन्मेका ओली अझै चार महिना सक्रिय राजनीति गर्न पाउनेछन् । यही बीचमा महाधिवेशन हुँदा उनी अध्यक्षको उम्मेदवार हुनसक्छन् ।
तर ओली अध्यक्ष भए केही नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या देखिन्छ । अहिलेका तीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य ६८ वर्षको भइन् । उपाध्यक्ष युवराज ज्ञवाली ६७ वर्ष र अर्का उपाध्यक्ष भीम रावल ६६ वर्षको पुगिसकेका छन् । दुईपटक महासचिव निर्वाचित ईश्वर पोखरेल ६८ वर्षको भएका छन् । स्थायी कमिटी सदस्यद्धय सुवास नेम्वाङ ६९ वर्ष, रामबहादुर थापा ‘बादल’ ६६ वर्ष र अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा ७४ वर्षको भइसकेका छन् । बोहरा अहिले नै ७४ पुगिसकेकाले सक्रिय राजनीतिबाट बिदा हुनेछन् ।
आगामी महाधिवेशनमा ओली अध्यक्षको उम्मेदवार नभएको अवस्थामा आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा महासचिव पोखरेलले गरिसकेका छन् । तर ओली निकटका नेता शंकर पोखरेलले एकपटक पार्टी अध्यक्ष र प्रधानमन्त्री ओली नै हुने सार्वजनिक गरिसकेका छन् । ओली आफैले भने अध्यक्षको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छैनन् । उनले उपयुक्त समयमा आफूले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताइसकेका छन् ।
ओली बाहेक पोखरेल, नेम्वाङ, ज्ञवाली, शाक्य दशौ महाधिवेशनमै अध्यक्षको उम्मेदवार बन्नुपर्नेछ । उनीहरु अध्यक्षमा चुनाव नलडे उपाध्यक्षमै बस्नुपर्ने हुन्छ तर उपाध्यक्षको संख्या ३ मात्रै रहेकाले उनीहरु सबै जना अटाउने संभावना निकै कम रहेको छ । उनीहरू अब एक कार्यकाल मात्र कार्यकारी कमिटीमा रहन पाउँछन् । अध्यक्षबाहेक सबै पदको अनुभव लिइसकेका यिनीहरू सबैको अबको लक्ष्य भनेको पार्टी नेतृत्व अर्थात अध्यक्ष नै हो ।
अहिले ७ उपाध्यक्ष राखेर प्रादेशिक इन्चार्जको जिम्मा दिँदा नेताहरूको व्यवस्थापन सहज हुने भएपनि विधान केन्द्रीय कमिटी बैठकले त्यसबारे केही बोलेको छैन । एमालेले आउँदो १५, १६ र १७ असोजमा विधान महाधिवेशन काठमाडौंमा गर्दैछ । केन्द्रीय कमिटी बैठकबाट संशोधनसहित पारित हुने दस्तावेजहरुमाथि विधान महाधिवेशनमा छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार