३० आश्विन २०७८, शनिबार
न्याय सेवा आयोग

न्याय सेवाका कर्मचारीको सरुवा र पदस्थापन, काे-कहाँ ?

प्रकाशित मिति :  ९ आश्विन २०७८, शनिबार १८:१२


९ असोज, काठमाडौं । न्याय सेवा आयोगले एकैपटक २ सय ७५ कर्मचारीहरुको सरुवा र २३६ जनाको पदस्थापन गरेको छ । आयोगको शुक्रबारको बैठकले न्याय सेवाका सहसचिव, सहन्यायधिवक्ता, जिल्ला न्यायधिवक्ता, रजिष्टार, श्रेस्तेदार लगायतको सरुवा गरेको न्याय परिषद्को सचिवालयले जनाएको छ ।

सरुवा हुनेमा सहसचिव ८ जना, सहन्यायधिवक्ता ७ जना, रजिष्टार ९ जना, उपसचिव १, जिल्ला न्यायधिवक्ता-उपन्यायधिवक्ता ५५ जना, तहसिलदार-इजलास अधिकृत १०३ जना, शाखा अधिकृत ३४ जना र सहायक न्यायधिवक्ता ५८ जना छन् । आयोगले विभिन्न विज्ञापनबाट परीक्षा उत्तीर्ण गरी आएका न्याय सेवाका २३६ जना अधिकृतहरुको पदस्थापन समेत गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा