सर्लाहीमा एक पुरुष र शिशुको बेवारिसे शव फेला
नेपालबहस संवाददाता
असोज ९, २०७८ आइतबार ०:३८:५६
एसवी थापा
९ असोज, सर्लाही । जिल्ला सदरमुकाम मलंगवामा सडेको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । शनिबार मलंगवा नगरपालिका–७, गणेसियास्थित नहरमा सडेको अवस्थामा अन्दाजी ३५-४० बर्षजस्तो देखिने एक पुरुषको शव फेला परेको हो ।
शव पहिचानको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । लामो समयदेखि पानी नबगेको उक्त नहरमा बर्षातको जमेको पानीमा उम्रिएको जलकुम्भीभित्र शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरिले जानकारी दिए ।
शव दुई दिनभन्दा पहिला देखि नै पानीमा डुबेको र जलकुम्भीले छोपेर राखेकोजस्तो देखिएको प्रत्यक्षदर्शीको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको प्रहरी स्रोले जनाएको छ । पानीमा डुबेको अवस्थामा फेला परेको शव परीक्षणको लागि जिल्ला अस्पतालमा राखिएको छ ।
यसैबीच जिल्लाको मलंगवास्थित एक पोखरीमा नवजात शिशुको बेवारिसे शव फेला परेकोे छ । मलंगवा नगरपालिका–७, स्थित पल्सी जाने सडक नजिकै रहेको एक निजी पोखरीमा अन्दाजी ७ महिनाको शिशुको शव फेला परेको हो ।
उक्त शिशुको शव फेला परेको विषयमासमेत अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक गिरीले जानकारी दिए । शिशुको शव परीक्षणको लागि जिल्ला अस्पताल पुर्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनका भित्री सडकमा दुर्घटना बढी
बैशाख ६, २०८१ बिहिबार
दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो
बैशाख ६, २०८१ बिहिबार
बाँकेको एक हर्बल उद्योगमा लागेको आगो निभाउन ११ वटा दमकल
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार