फुटसल लिग : पाहुनालाई घरेलु टोलीको दवाव
नेपालबहस संवाददाता
असोज ९, २०७८ आइतबार ३:२१:२
९ असोज, पोखरा । घरेलु टोली स्पोट्र्स क्यासल पोखरामा जारी ए डिभिजन फुटसल लिगको शीर्षस्थानमा उक्लिएको छ । पोखरा रंगशाला फुटसल कोर्टमा भएको खेलमा लुम्बिनी फुटसल क्लबलाई १२–१ को फराकिलो गोलअन्तरले हराउँदै १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो ।
अर्को घरेलु टोली सविन मेमोरियल भने दोस्रो स्थानमा झरेको छ । सविनले कूल चार खेलबाट नौ अंक जोडेको छ । समान खेल खेलेको क्यासलले अपराजित रहँदै शीर्षमा स्थान कायम गरेको हो ।
क्यासालले तीन खेलमा जित र एक खेल बराबरी खेलको छ । क्यासलले उपाधि दाबेदार मानिएको ढुकु फुटसल हवसहित प्रभातफेरी युथ क्लबलाई पराजित गरेको हो । शंखमुलसँग भने बराबरी खेलेको छ ।
दोस्रो स्थानको सविनले तीन खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । सविनले मछिन्द्र स्काइ गोल्स, झरना स्पोट्र्स क्लब र लुम्बिनी फुटसललाई हराएको छ भने ढुकु फुटसलसँग पराजित भएको छ ।
द राइजिङ धरान गोलको आधारमा तेस्रो स्थानमा छ । राइजिङको नौ अंक छ भने शंखमुल आठ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।
मछिन्द्र ६ अंकका साथ पाँचौँ, धरान पाँच अंकका साथ छैटौँ, ढुकु र लुम्बिनीको समान चार अंक छ । प्रभातफेरी भने चार खेलबाट एक अंकसहित तालिकाको पुछारमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
क्रोएसियाले इजिप्टमाथि ४-२ को जित निकाल्दा लुका मोड्रिचले दुई गोल गरे
चैत १५, २०८० बिहिबार
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार