११ कार्तिक २०७८, बिहीबार
नेपाल प्रहरी

साउनदेखि प्रहरीमा सईसहित ११ जना सम्पर्कविहीन

प्रकाशित मिति :  १० आश्विन २०७८, आईतवार ११:४१


१० असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । गैरहाजिर भएकाहरूको नामावली आइतबार सार्वजनिक गरेको गर्दै सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको हो ।

आफूखुसी गैरहाजिर हुनेहररूमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत छन् । कैलालीको गोदावरी घर भएका जोशी गत २४ साउनदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरी हबल्दारहरू हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीको सूचनामा उल्लेख छ ।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी हेडक्वाटरले दिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा