नेप्सेमा मानुषी लघुवित्तको आईपीओ सूचीकृत, सुरु मूल्य कति ?
नेपालबहस संवाददाता
असोज १०, २०७८ आइतबार १९:२३:१२
१० असोज, काठमाडौं । नेप्सेमा मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ ।
सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको एक महीनापछि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्कासन गरेको शेयर गत भदौ ७ गते बाँडफाँट गरेको थियो ।
कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत भएको हो । अव कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले १३२ दशमलव ६९ देखि ३९८ दशमलव शून्य ७ तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र ७ लाख कित्ता संस्थापकको गरेर कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत गराएको हो ।
आइतवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सुचीकरण सम्झौता सम्पन्न भएकाले सोमवारदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार