कांग्रेस महाधिवेशन : प्रदेश १ का दुई उपमहानगरमा संस्थान पक्ष पराजित
नेपालबहस संवाददाता
असोज १०, २०७८ आइतबार १९:५४:४३
प्रकाश तिम्सिना
१० असोज,काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार पराजित भएका छन् । सुनसरीको इटहरीमा हेमकर्ण पौडेल र धरानमा श्याम पोखरेल निर्वाचित भएका हुन् ।
आइतबार बिहान सम्पन्न मत गणनाअनुसार इटहरी नगर सभापतिमा पौडेल तेस्रो पटक निर्वाचित भएका छन् । कुल चार सय ८२ मतमध्ये पौडेलले देउवा पक्षका उम्मेदवार विकास केसीलाई ४२ मतले पराजित गरेका छन् । पौडेलले दुई सय ५३ मत प्राप्त गरेका हुन् भने केसीले दुई सय ११ मत प्राप्त गरे । यसअघि १२औँ महाधिवेशनमा पौडेल सर्वसहमत सभापति भएका थिए । १३औँ महाधिवेशनमा पनि केसी पौडेलसँगै पराजित भएका थिए ।
इटहरी नगर समितिको दुई उपसभापति कोविद कार्की पौडेल पक्षबाट विजयी भए भने र बालकृष्ण विष्ट देउवा पक्षबाट विजयी बने । नगर सचिवमा केसी प्यानलका मन्दिप भट्टराई र हेमकर्ण प्यानलका विक्रम घिमिरे निर्वाचित भए । त्यस्तै सहसचिवमा पौडेल प्यानलका ईश्वर तामाङ र विकास प्यानलका मेनुका गिरी निर्वाचित भएका छन् । इटहरी नगर समितिका ३१ पदका लागि ६७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।
त्यस्तै, सुनसरीकै धरान उपमहानगरमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । नगर सभापतिमा एन्फाका वरिष्ठ केन्द्रीय उपाध्यक्षसमेत रहेका देउवा पक्षका उम्मेदवार किशोर राईलाई हराउँदै पौडेल पक्षका श्याम पोख्रेलको प्यानल नै विजयी भएको छ । पौडेल समूहका पोखरेलले ३९ मतले किशोर राईलाई पराजित गरेका छन् । पोखरेलले दुई सय ६२ र राईले दुई सय २३ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा नरेन्द्र कुमार राई ‘प्रवीण’ले दुई सय ९० र सन्तोष लिम्बूले दुई सय २३ मत ल्याएर विजयी भएका छन् । राई प्यानलका महेन्द्र तामाङले एक सय ८३ र राजकुमार थोप्राले दुई सय १८ मत प्राप्त गरे ।
नगर सचिवमा पोखरेल प्यानलकै उम्मेदवार जितेन्द्र राईले दुई सय ५९ र हिमाल श्रेष्ठले दुई सय ९६ मत ल्याएका छन् । राई प्यानलकी रुक्मणि गौतम ‘कोपिला’ ले एक सय ९५ र सुमन श्रेष्ठले एक सय ७१ मत प्राप्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार