धनकुमारले खोलिदिए टेलिकमको आँखा
नेपालबहस संवाददाता
असोज १०, २०७८ आइतबार १९:५९:३३
१० असोज, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार राईले रुखमा डेरा बनाएर अनलाइन कक्षा लिएको खबर भाइरल भएको थियो । छात्रको पढाइप्रतिको लगाव देखेर नेपाल टेलिकमको ध्यानाकर्षण भएको छ । छात्रको गाउँ सिम्लेमा सहजै नेट कनेक्ट हुने गरी नेपाल टेलिकमले यसै सातादेखि फोरजी टावर सञ्चालनमा ल्याउने भएको छ ।
धनकुमार स्थानी सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छन् । घरमा मोबाइल डाटाले काम नगरेपछि उनले घरनजिकैको अग्लो रुखमा डेरा बनाएर अनलाइन कक्षा लिएको तस्बिर र समाचार प्रकाशन भएको थियो । यो समाचारपछि नेपाल टेलिकम ओखलढुंगाले अर्खौको कभरेज क्षेत्रमा नेपाल टेलिकमको सेवामा सुधार तथा फोरजी सेवा सञ्चालनका लागि अग्रसरता देखाएको हो ।
धनकुमार जस्तै रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुनुपर्ने विद्यार्थीको बाध्यतालाई मध्यनजर गर्दै तत्काल सिम्लेसहित आसपासका गाउँ कभर गर्नेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित फोरजी टावर अनएयर गर्ने तयारी भएको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले बताए । ‘बुईपामा टावर बनिसकेको छ । धनकुमारको गाउँमा बुईपाको टावरले काम गर्छ,’ पन्थीले भने, ‘बाँकी केही उपकरण जडान गरेर शुक्रबारदेखि बुईपाको टावर अनएयर गर्ने तयारी गरेका छौँ ।’
सरस्वती मावि अर्खौलेमा पुगेका नेपाल टेलिकम ओखलढुंगाका प्रमुख पन्थी र नेपाल टेलिकम दिक्तेलका प्रमुख खगेन्द्र बलम्पाकीले छात्र मगरको बसोबास रहेको क्षेत्रमा कभर गर्ने टावर सञ्चालनका लागि बुईपाको टावर तत्काल अनएयर गर्ने आश्वसन दिएको प्रअ नविन चाम्लिङले बताए ।
तुवाचुङमा पनि टावर राख्ने तयारी
यस्तै, अनलाइन कक्षा लिन विद्यार्थीलाई सास्ती भएको समाचारपछि अर्खौलेलगायतका वडालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ क्षेत्रमा पनि नयाँ फोरजी टावर राख्ने योजना अघि सारेको टेलिकमले जनाएको छ । नयाँ टावर राख्न जग्गा हेर्ने र स्थान निश्चित गर्ने काम भइरहेको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख पन्थीले बताए ।
कोभिड–१९ महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन असम्भव भएपछि नगरपालिकाको निर्देशनअनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न थालेका थिए । यही क्रममा धनकुमारको घर एको ठाउँमा डाटाले काम नगरेपछि नजिकै रुखमा डेरा बनाएर ‘भर्चुअल कक्षा’मा सामेल भएका थिए ।
विद्यालयले गत २४ साउनदेखि अनलाइन कक्षा शुरु गरेको थियो । तर, सिम्ले आसपास मोबाइलको डाटा मुस्किलले कनेक्ट हुन्छ । कनेक्ट भए पनि जुम एप्स चलाउन सम्भव थिएन । कमजोर कनेक्सनकै कारण धनकुमार ८–९ दिन अनलाइन कक्षामा सहभागी हुन सकेनन् ।
पढाई छुट्दा अत्तालिएका धनकुमारले डाटा कनेक्ट हुने ठाउँ खोज्दै जाँदा रुखमा सिंग्नल भेट्टाएको बताए । सरस्वती माविमा २९ भदौदेखि भौतिक उपस्थितिमै पठन–पाठन शुचारु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
ग्राहकको प्रतीक्षामा बसेका उद्यमी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
बौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार