३० आश्विन २०७८, शनिबार

मञ्जुश्री फाईनान्सले सुरु गर्यो तीन शाखा कार्यालय

प्रकाशित मिति :  १० आश्विन २०७८, आईतवार १५:३१


१० असोज, काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट, चितवन जिल्लाको हाकिमचौक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको छ।

फाईनान्सको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका थिए। काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम र भैरहवा मा १५ वटा शाखा छन् भने अब थप ३ सहित शाखा संख्या १८ पुग्नेछ।

२०७८ साल असार मसान्तसम्म ९६ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी एवं ५० करोड रुपैयाँ डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाईनान्सले ८।९१ अर्व रुपैयाँ निक्षेप संकलन गरि ७।९५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोबाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा