११ कार्तिक २०७८, बिहीबार

आईएमएस् लिटिल स्माइलस्को दशैं अफर सार्वजनिक

प्रकाशित मिति :  १० आश्विन २०७८, आईतवार १८:५६


१० असोज, काठमाडौं । आईएमएस् लिटिल स्माइलस्ले दशैंको अवसरमा ‘बिग डिस्काउन्ट : बिग स्माइलस्’ अफर सार्वजनिक गरेको छ । दशैं नजिकिएसँगै आईएमएसले लिटिल स्माइलस्ले बेस्ड डिल र छुटको अफर ल्याएको हो । कम्पनीले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा छुटको अफर सार्वजनिक गरेको छ ।

आईएमएस् लिटिल स्माइलस्ले ग्राहकलाई डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता प्रडक्टहरुमा २५ प्रतिशतसम्मको छुट हुने छ । ५ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दामा १० प्रतिशतसम्मको छुट हुने छ । २० जना भाग्यशाली ग्राहकले १ हजार रुपैयाँ बराबरको स्मार्टडोको गिफ्ट कार्ड वा इनर्जाइजर पावर बैंक पाउनेछन् ।

आईएमएस् लिटिल स्माइलस्ले इनर्जाइजर पावर बैंक र लाइनरफ्लुक्स एयरफोनमा २५ प्रतिशतको छुटका साथै फिमी, डि जे आइ ड्रोन, क्रने ह्यूमिडिफायर र एयर प्युरिफायरको खरिदमा ५ प्रतिशतको छुट पाउनेछन् । साथै फिमी ड्रोनको खरिदमा २ हजार रुपैयाँ बराबरको पावर बैंक निःशुल्क पाउनेछन् ।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टि ब्राण्ड आउटलेट, आइ एम एस् लिटिल स्माइलस् दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ । मल्टि ब्राण्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्राण्डहरु डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनर्जाइजर, लाइनरफ्ल्युक्स र अन्य ब्राण्डहरु उपलब्ध छन् ।

आईएमएस्ले दशैंको अफरमा लिटिल स्माइलस्को शोरुममा भ्रमण गरेर आवश्यक सामान खरिद गर्न सबैमा अनुरोध गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा