सोलुखुम्बूले शिक्षकलाई मतदान अधिकृत नखटाउने
नेपालबहस संवाददाता
असोज १०, २०७८ सोमबार १:४६:८
डीबी खालिङ
१० असोज, सोलुखुम्बू । नेपाली कांग्रेसको १२ असोजमा हुने पालिका तथा उपल्लो तहका अधिवेशनमा नेपाल शिक्षक संघ सोलुखुम्बूले शिक्षकलाई मतदान अधिकृत नखटाउने भएको छ ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लालप्रसाद बाँस्तोलाले १० असोजमा एक प्रेस विज्ञप्ति जारी गर्दै वडा अधिवेशनबाट प्रतिनिधि भएर आएका शिक्षकलाई पार्टी नेताहरूकै अगुवाइमा गाली गलोज तथा मुद्दा मामिला गर्ने घृणित कार्य भएकाले मतदान अधिकृत नखटाइने जानकारी दिए ।
शिक्षकहरू राजनीतिक दलको कार्यकारी पदमा रहन नपाउने तर क्षेत्रीय प्रतिनिधि कार्यकारी पद नभए पनि सोलुखुम्बूमा पार्टीकै नेताहरू अदालत गुहार्न जानु दुःखद् भएको शिक्षक संघको ठहर छ ।
यसअघि वडा अधिवेशनबाट प्रतिनिधिको रूपमा चुनिएका शिक्षकको उक्त जिम्मेवारी खारेजीको माग गर्दै कांग्रेस नेता बलबहादुर केसी निकटका नेताहरूले अदालतमा रिट दायर गरेका थिए । शिक्षक संघले मतदान अधिकृत नखटाउने भएसँगै मतदान अधिकृतको विकल्पको खोजी भइरहेको नेपाली कांग्रेस सोलुखुम्बूले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार