काठमाडाैं विश्वविद्यालयले जित्यो पहिलो ‘नीति सम्मान’
नेपालबहस संवाददाता
असोज १०, २०७८ सोमबार २:१४:०
१० असोज, काठमाडौं । नीति निर्माण कार्यमा नेपाल सरकारलाई सहयोग पुर्याउन गठित नीति अनुसन्धान प्रतिष्ठान आज आफ्नो स्थापनाको ३ वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । यसै सन्दर्भमा प्रतिष्ठानले वार्षिकोत्सव समारोह आयोजना गरी आफ्नो प्रकाशनहरू विमोचन गर्ने, उत्कृष्ट कर्मचारी पुरस्कार तथा ‘नीति सम्मान’ वितरण गर्ने कार्यसम्म गरेको हाे ।
विकास समिति गठन आदेश अनुसार २०७५ असाेज १० मा स्थापित भएको यस सरकारी थिंक ट्याङ्क ‘सोच केन्द्र’ मा विभिन्न देशमा अनुभव सँगालेर फर्किएका वा स्वदेशमा उच्च ज्ञान हासिल गरेका विषयगत विज्ञहरू कार्यरत छन् ।
यस संस्थाले नयाँ नीतिहरूको आवश्यकता औँल्याउने, पुरानारमौजुदा नीतिको समीक्षारपरीक्षण गरी परिमार्जन या खारेजीको लागि सुझाव दिने, र सरकारका लागि आवश्यक नयाँ नीतिहरू तर्जुमा गर्ने काम गर्दछ । कोभिड-१९ महामारीको कारणले गर्दा प्रतिष्ठानलाई प्रत्यक्ष सहयोग पुर्याउनेरपृष्ठपोषण गर्ने व्यक्ति वा संस्थाका प्रतिनिधिहरूलाई भौतिक रूपमा उपस्थित गराएको प्रतिष्ठानले अन्य सबै शुभेच्छुक र रोस्टर ‘विज्ञ सूची’ मा सूचीकृत विज्ञहरूलाई भर्चुअल माध्यमद्वारा सहभागी गराएको बताएको छ ।
यसै अवसरमा प्रतिष्ठानले आफ्नो ६ वटा प्रकाशनहरूको विमोचन गरेको छ । यस सूचिमा प्रतिष्ठानको बहुप्रतिक्षित फ्ल्यागशिप प्रकाशन ‘नेपाल पब्लिक पोलिसि रिभ्यु जर्नल’ को पहिलो अङ्क पनि सार्वजनिक भयो । सम्बोधनको क्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले प्रतिष्ठानले हालसम्म ३३ वटा प्रकाशन गरेको जानकारी दिए ।
प्रतिष्ठानले नीति-निर्माणको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्ने व्यक्ति ‘हरू’ वा संस्था बाट छनौट गरी काठमाडौं विश्वविद्यालयलाई ‘नीति सम्मान’ पुरस्कार प्रदान गरेको छ । नीति-निर्माण क्षेत्रमा योगदान पुर्याउने व्यक्ति वा संस्थाहरूलाई हौसला मिलोस् भन्ने चाहनाले यो पुरस्कार हरेक वर्ष प्रदान गरिने बताए । कार्यक्रम सञ्चालक र प्रतिष्ठानका सूचना तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख डा. मुकुन्द राज कट्टेल ।
झन्डै ४० जनाको हाराहारीमा जनशक्ति रहेको यस संस्थाको वार्षिक बजेट ६ करोड, संस्थाको आवश्यकता भन्दा कम रहेको डा. उप्रेतीले सम्बोधनको क्रममा बताए । यद्यपि अप्ठ्यारो कै बाबजुद पनि संस्थाले उल्लेख्य प्रगति हासिल गरेको डा. उप्रेतीले थपे ।
यही अवसरमा प्रतिष्ठानका कार्यकारी अध्यक्षको सहजीकरणमा गोलमेच छलफलरअन्तरक्रिया समेत सञ्चालन गरियो । भौतिक रूपमा र भर्चुअल रूपमा गरेर झन्डै २ सयको हाराहारीमा भेला भएका विज्ञ सहभागीहरूसँग देश र जनताप्रति प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा देखिएका नीतिगत समस्याहरूको बारेमा एक छिन् भए पनि मस्तिष्क मन्थन गराउँदा कार्यक्रमको शोभा बढेको सहभागीहरूको ठम्याई रह्यो । ‘स्थापना दिवस’ को अवसरमा आयोजना गरिएको यस कार्यक्रमले सरोकारवालाहरूमा हौसला थपेको समेत सहभागीहरूको बुझाई रह्यो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले प्रतिष्ठान र विश्वविद्यालयबिच सहकार्य हुनुपर्ने औँल्याए । मन्त्रालयहरूले अनुसन्धान गराउने कार्य प्रतिष्ठानजस्तो विषय विज्ञ संस्था र विश्वविद्यालयहरू जस्तो प्राज्ञिक संस्थालाई दिनु पर्ने र त्यसो गर्दा विज्ञ र प्राध्यापकहरू एन.जी.ओ. मा काम खोज्दै दौडिन नपर्ने भन्दै अहिलेको अवस्था प्रति बास्कोटाले खिन्नता प्रकट गरे । साथै उनले अनुसन्धानको क्षेत्रमा राष्ट्रिय बजेटको ०.०४ प्रतिशत मात्रै रहेको जुन अत्यन्तै न्यून रहेको पनि निष्कर्ष निकाए ।
कार्यक्रममा प्रमुख अतिथि डा. सुरेशराज शर्माले नीति अनुसन्धानको भविष्य उज्ज्वल रहेको र प्रतिष्ठानको कारणले पनि देशको भविष्य पनि उज्ज्वल रहेको जनाए । उनले पूर्वीय नीतिहरूको उपमा दिँदै हाम्रा नीतिहरूमा हाम्रा मौलिक ज्ञानगुनका कुरा पनि समावेश गर्नु पर्ने बताए । साथै उनले नेपालमा नीति लागु नहुने समस्यालाई न्यूनीकरण गर्न नीति कार्यान्वयन गर्ने निकायलाई प्रभावकारी ढङ्गले नीति कार्यान्वयन नगर्दा कारबाही हुनुपर्ने बताए ।
कार्यक्रममा प्रा. डा. शरद वन्त, वन्दना राणा, डा. गोविन्द कुसुम, डा. खिमलाल देवकोटा, डा. बिमला राई पौड्याल, डा. अर्जुन कार्की, डा. दुर्गा भट्टराई, डा.सुनिल बाबु श्रेष्ठ, डा. कृष्ण ज्ञवाली, डा.विपिन अधिकारी, डा. सूर्यराज आचार्य, डा. रामबाबु नेपाल, डा. मानबहादुर बिक, पूर्व रथी बालानन्द शर्मा, डा.जगदीश चन्द्र पोखरेल, डा. लिला न्याईच्याई, डा. दिनेश भट्टराई लगायतका आमन्त्रित पाहुनाहरूले प्रतिष्ठानलाई रचनात्मक सुझावहरू दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार