११ कार्तिक २०७८, बिहीबार

नेपालको पर्यटन विकास र प्रवर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय : प्रधानमन्त्री देउवा

प्रकाशित मिति :  ११ आश्विन २०७८, सोमबार ०८:२४


११ असोज, काठमाडौं । पर्यटन मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न सरकार अघि बढेको बताएका छन् ।

४२औँ विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले कोभिड १९ ग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले शुल्क तथा कर छुट, खोपको प्राथमिकता दिने नीतिगत व्यवस्था गरेको स्मरण गराएका छन् ।

उनले नेपालको पर्यटन क्षेत्र विकास र प्रवर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको बताएका छन् । ‘पूर्वाधार विकास, नयाँ पर्यटकीय गन्तव्यको पहिचान, विकास र विस्तारका लागि निजी क्षेत्र र व्यवसायीलाई सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न नेपाल सरकार तयार छ,’ देउवाले भनेका छन्, ‘संस्कृति ,पर्यटन र हवाइ सम्झौतामार्फत् उक्त प्रयासलाई विस्तार गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय साँस्कृतिक तथा यातायात सञ्जाललाई सघन रुपमा आवद्ध गर्दै लगिनेछ ।’

नेपाललाई सुरक्षित र भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु नै साझा लक्ष्य रहेको उनले बताएका छन् । ‘समावेशी वृद्धिका लागि पर्यटन’ नाराका साथ आज सोमबार ४२औँ विश्व पर्यटन दिवस मनाइँदैछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा