११ कार्तिक २०७८, बिहीबार

नेपाली बजारमा सुनको मूल्य तीन सयले बढ्यो

प्रकाशित मिति :  ११ आश्विन २०७८, सोमबार ११:४६


आज सुनको भाउ ह्वातै घट्यो

११ असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ८५० तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला रु ८८ हजार ५५० मा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला रु १० ले बढेको छ । आइतबार प्रतितोला रु एक हजार १५० मा कारोबार भएको चाँदी आज प्रतितोला रु एक हजार १६० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५९ दशमलव १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा