११ कार्तिक २०७८, बिहीबार

टिपरको ठक्करबाट चालकको मृत्यु, टायर बालेर अवरुद्ध राजमार्ग अवरुद्ध

प्रकाशित मिति :  ११ आश्विन २०७८, सोमबार १२:१६


११ असोज, झापा । ट्राफिक प्रहरीले चेकजाँचमा लापरवाही गर्दा दुर्घटनामा एकजनाको मृत्यु भएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । ट्राफिकले गलत ठाउँमा चेकिङ गर्दा टिपरले पछाडिबाट ठक्कर दिँदा सोमबार बिहान झापाको माइधारमा हाथी गाडी चालकको मृत्यु भएपछि स्थानीयले राजमार्गमा टायर बालेर अवरुद्ध गरेका छन् ।

प्रदेश नम्बर-०३-००१ क ०९५ नम्बरको टिपरले को२च २६३२ नम्बरको हाथी गाडीलाई ठक्कर दिएको थियो । ठक्करबाट हाथी गाडीका चालककको मृत्यु भएको थियो ।मृतक दमक ९ का अन्दाजी ४० वर्षीय नेत्र खड्का रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीयले अहिले टायर बालेर राजमार्गअवरुद्ध गरेका छन् । इलाका प्रहरी कार्यालय दकमका डिएसपी नवराज कार्की नेतृत्वको प्रहरी टोलीले अवरुद्ध राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा