११ कार्तिक २०७८, बिहीबार

दुर्घटनाबाट बच्यो बुद्ध, अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण

प्रकाशित मिति :  ११ आश्विन २०७८, सोमबार १२:१८


११ असोज, काठमाडौं । बुद्ध एयरको जहाज दुर्घटनाबाट बचेको छ । काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज आकाशमा दुई घण्टासम्म फन्को पारेर अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरेको छ ।

प्राविधिक समस्याको आएपछि पुनः काठमाडौंमै फर्केर आकस्मिक अवतरण गरेको जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् । विराटनगरमा अवतरण गर्ने क्रममा दायाँतर्फको पंखा नखुलेपछि जहाज काठमाडौंमै फर्केको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा