३० आश्विन २०७८, शनिबार

‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

प्रकाशित मिति :  १२ आश्विन २०७८, मंगलवार ०९:३१


११ असोज, काठमाडौं । स्रष्टा लेखनाथ पोखरेलको कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो ।

सावित्री पोखरेल प्रकाश रहनुभएको २४० पेजको यो कथासंग्र्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको हाे ।

पुस्तकमा ‘तृष्ण’, ‘ममता’, ‘विद्रोही’, ‘विकल्प’, ‘जन्मकुण्डली’, ‘प्रतिकार’, ‘मार्बल हाउसकी शालिनी’, ‘पुनर्मिलन’, ‘उज्ज्वला’, ‘अन्ततः’, ‘कक्टेल पार्टी’, ‘गृहलक्ष्मी’ र ‘कथा यस्तो पनि’ जस्ता कथाका पन्ध्र गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर पन्ध्र गुच्छालाई मालामा उनेका छन्।

कृतिमा लेखकले समुद्रबाट मोती टिपेझैँ टिपेका समाजभित्रका विविध वस्तुलाई उनेर तयार पारेको साहित्यकार खेमनाथ दाहाल बताउछन । ‘समाजमा रहेका रिती र विकृतिको अत्यन्तै सरल भाषा र पठनीय शैलीमा कथाकारले समेटेका छन्र’, दाहालले भने । कृतिमा स्रष्टाले प्रायशः सबै कथालाई नारी प्रधान कथाका रुपमा प्रस्तुत गरे ।

‘आत्मकथा होस् कि नियात्रा : चाहे त्यो आख्यान नै किन नहोस् । मानिसले अरुको कुरा कहाँ लेख्दछ र रु पात्र र स्थानविशेषको नामकरण जेसुकै गरिएको किन नहोस् घटना र विषयवस्तुको प्रस्तुति प्रायः आफूसम्बद्ध नै हुने गर्छन् । जे–जति लेखिन्छन्, ती आफ्नै मन–मस्तिष्कमा छरपस्ट भई तम्तयार बसेका, देखेका, सुनेका, जानेका र भोगेका घटना शब्दरुपी अलंकारको रंगले लिपपोत गरेर पस्किइने अव्यक्तमध्येका केही भाव र घटनाक्रम मात्र हुन्’, स्रष्टा पोखरेल भन्छन् ।

 

आफ्नो पहिलो कृति नियात्रासंग्र्रह ‘फकलीको गाउँ’ जस्तै यो कथासंग्रहले पनि पाठकको मन जित्नेमा आफू आशावादी भएको बताउँदै कमीकमजोरीलाई सुझाव र सल्लाह उपलब्ध गराइदिन उनले आग्रह गरे ।

पत्रकाररलेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण र भाषाविन्यास रहेको छ । स्रष्टा पोखरलेका विभिन्न पत्र पत्रिकामा नियमित वंग्यात्क लेख, कथा र नियात्रा प्रकाशन हुँदै आएका छन् । उनको अर्को कृति प्रेत लेखक ‘हास्य निबन्ध’ पनि पाठकमाझ आउने तयारीमा रहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा