३० आश्विन २०७८, शनिबार

केन्द्रीय बैंकले बजारमा ३० अर्ब पठाउँदै

प्रकाशित मिति :  १३ आश्विन २०७८, बुधबार १४:३६


पुनर्कर्जा कार्यान्वयन नहुँदा पर्यटन व्यवसायी निराश

१३ असोज, काठमाडौं । केन्द्रीय बैंकले तरलता अभाव कम गर्न ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले आज असोज १३ गते रिपोको बोलकबोल गर्नेछ ।

रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । राष्ट्र बैंकले एक हप्ताका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।

यो रिपो असोज २० गते परिपक्क हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा